मेटलाइफ नेपाल पनि अब एनसीएचएलमा आबद्ध – Nepal Press

मेटलाइफ नेपाल पनि अब एनसीएचएलमा आबद्ध

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको छ ।

नेशनल पेमेन्ट स्वीचको लागि दुई संस्थाहरू बीच सम्झौता भएको छ । एनसीएचएलको नेटवर्कमा सबै जसो बैंक वित्तीय संस्थाहरू आबद्ध भएकाले उक्त सम्झौता पश्चात् मेटलाइफका ग्राहकहरूलाई प्रिमियम भुक्तानी गर्न तथा मेटलाइफबाट भुक्तानी प्राप्त गर्न पनि थप सहज बताएको छ ।

त्यसैगरी, मेटलाइफ नेपालले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, सर्वेयर भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू स्वचालित रूपमा गर्न सक्नेछ ।

सम्झौता पत्रमा मेटलाइफका तर्फबाट संस्थाका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

एनपीएस अन्तर्गत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीएसमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् । भने, अन्य भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका ८० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *