केवल व्यवसायीले ऊर्जामन्त्री लिङ्देनलाई बुझाए ज्ञापनपत्र, पोलभाडामा पुनर्विचारको माग (भिडिओ) – Nepal Press

केवल व्यवसायीले ऊर्जामन्त्री लिङ्देनलाई बुझाए ज्ञापनपत्र, पोलभाडामा पुनर्विचारको माग (भिडिओ)

काठमाडौं । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको प्रतिनिधिमण्डलले ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनलाई भेटेर ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।

हिजो केवल व्यवसायीको राष्ट्रिय भेलाले उठाएका विषयहरूलाई ज्ञापनपत्रमा समेटिएको थियो । व्यवसायीले पोलभाडाको सम्बन्धमा प्राधिकरणले इन्टरनेटसरहको व्यवहार गर्न नमिल्नेमा जोड दिएका थिए ।

केवल व्यवसायीले उपभोक्तासँग न्यूनतम शुल्क लिएर घरघरमा टेलिभिजन सेवा पुर्‍याउँदै सूचनाको हकको प्रत्याभूति गराइरहेको बताए ।

व्यवसायीको मागमा ऊर्जामन्त्री लिङदेनले सकारात्मक जवाफ दिए। उनले केवल र इन्टरनेटलाई फरक तरिकाले हेर्नुपर्नेमा सहमत देखिएका छन् । मन्त्री लिङ्देनले आजै कार्यकारी निर्देशक घिसिङसहित व्यवसायीसँग थप छलफल गर्ने भएका छन्।

आजको भेटमा व्यवसायीका तर्फबाट महासंघका अध्यक्ष ध्रुव शर्मा, संघर्ष समितिका संयोजक ध्रुव सुवेदी लगायत महासंघका पदाधिकारी सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *