६ महिनामा ७ खर्ब बढीको व्यापार घाटा – Nepal Press

६ महिनामा ७ खर्ब बढीको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको (२०७९/८०) ६ महिना अर्थात साउनदेखि पुससम्ममा मुलुकको व्यापार घाटा ७ खर्ब रूपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार पुगेको छ ।

७ खर्ब ९२ अर्ब रुपैयाँ भन्दा बढीको मालवस्तु आयात गरेको नेपालले यो अवधिमा ८० अर्बको मात्र निर्यात गरेको छ । यद्यपि गत वर्षको यसै अवधिको तुलनामा भने आयात निर्यात दुबै घटेको देखिन्छ ।

आयात २०.६८ प्रतिशतले घटेको छ भने निर्यात ३२.०१ प्रतिशतले घटेको छ । समग्रमा व्यापारघाटा १९.१५ प्रतिशतले कम भएको हो । गत वर्षको यसै अवधिमा नेपालले ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *