बार्सिलोनालाई शीर्ष स्थानमा तीन अंकको अग्रता – Nepal Press

बार्सिलोनालाई शीर्ष स्थानमा तीन अंकको अग्रता

काठमाडौं । स्पेनिस ला लिगामा गेटाफेलाई १–० गोलको नतिजामा पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ ।

आइतबार राती घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन पेड्रिले निर्णायक गोल गरे । खेलको ३५औँ मिनेटमा पेड्रिले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

जितसँगै बार्सिलोना ४४ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको रियाल मड्रिड भन्दा तीन अंक बढी हो ।

यस्तै, आइतबार राती सान मामेस बारायिा स्टेििडयममा सम्पन्न खेलमा एथलेटिक क्लबलाई २–२० गोलको नतिजामा हराउँदै रियाल मड्रिडले तीन अंक जोडेको छ ।

रियालको जितमा बेन्जेमा र टोनी क्रुसले गोल गरे । खेलको २४औँ मिनेटमा बेन्जेमाको गोलमा रियालले अग्रता लिएको थियो । निर्धारित समयको अन्तिम मिनेटमा क्रुसले गोल गदै रियालको अग्रता दोब्बर पारे ।

जितसँगै रियालले १७ खेलबाट १३ जित २ हार र दुई बराबरीको नतिजासहित ४१ अंक जोडर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर