हालान्डको ह्याट्रिकमा सिटीको जित – Nepal Press

हालान्डको ह्याट्रिकमा सिटीको जित

काठमाडौं । एर्लिङ हालान्डको ह्याट्रिक प्रेरित उल्भ्सलाई ३–० गोलको नतिजामा पराजित गर्दै म्यान्चेस्टर सिटीले इङलिस प्रिमियर लिगमा तीन अंक जोडेको छ ।

इतिहाद स्टेडियममा आईतबार राति सम्पन्न खेलको ४०औं मिनेटमा हालान्डले गोल गर्दै युनाइटडलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–० गोलको नतिजामा सकिएको खेलको ५०औं मिनेटमा हालान्डले पेनाल्टि मार्फत गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
त्यसको चार मिनेट नबित्दै हालान्डले ह्याट्रिक पुरा गर्दै सिटीको अग्रता ३–० बनाएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

जर्मन क्लब बुरोसिया डर्टमन्डबाट सिटी आएका हालान्डले प्रिमियर लिगमा डेब्यू सिजन १८ खेल खेल्द ३ असिस्ट र २५ गोल गरेका छन ।

जितसँगै सिटी २० खेलमा १४ जित तीन बराबरी र तीन हारको नतिजासहित ४५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित उल्भ्स १७ अंकसहित तालिकाको १७औं स्थानमा छ । शिर्ष स्थानमा ४८ अंकसहित आर्सनल रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर