रास्वपाको संसदीय दल प्रमुख सचेतकमा परियार र उपनेतामा श्रेष्ठ चयन – Nepal Press

रास्वपाको संसदीय दल प्रमुख सचेतकमा परियार र उपनेतामा श्रेष्ठ चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल उपनेतामा विराजभक्त श्रेष्ठ चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले उनलाई उपनेतामा चयन गरेको हो ।

यसैगरी, प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतकमा सन्तोष परियारलाई मनोनित गरिएको पार्टी प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । परियार समानुपातिकबाट र बिराजभक्त प्रत्यक्षबाट निर्वाचित सांसद हुन् ।

आज संसदीय दलको वैठकअघि रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो । उक्त वैठकले संगठन विस्तार कार्यविधि पारित गर्नुका साथै विभिन्न विभागहरुको गठन गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर