उद्योग मन्त्रीले भने- उद्योगमा भएको विद्युत् समस्या समाधान गर्छु – Nepal Press

उद्योग मन्त्रीले भने- उद्योगमा भएको विद्युत् समस्या समाधान गर्छु

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगहरूमा भइरहेको विद्युत् समस्या सम्बोधन गर्ने बताएका छन् ।

एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको बधाई तथा शुभकामनामा उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा लिम्बुले उद्योग मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै नेपालका उद्योगहरूले माग अनुसार विद्युत् नपाएर समस्या भएको बताए थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *