राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारीमा आयोग – Nepal Press

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारीमा आयोग

रुपन्देही । माघ २५ गते हुने लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालयले तयारी थालेको छ ।

लुम्बिनीमा राष्ट्रियसभाको एक रिक्त सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको छ ।

प्रतिनिधिसभा उम्मेदवार बन्ने भन्दै भट्टराई पदबाट राजीनामा दिएपनि अन्तिममा उनले पार्टीबाट टिकट भने पाएनन् । त्यसपछि पद रिक्त थियो ।

उपनिर्वाचनका लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन कार्यालयले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने उपनिर्वाचनका लागि माघ ८ गते मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी विरोध वा उजुरी, माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय दाङले सार्वजनिक गरेको छ ।

त्यसैगरी माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय सभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्ने पाउने व्यवस्था रहेको छ ।

निर्वाचनका लागि सत्तारुढ दलबाट एमाले र विपक्षी दल कांग्रेसबाट उम्मेदवारीको तयारीका लागि अन्तिम तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर