गृहमन्त्री लामिछानेले सस्तो लोकप्रियताका लागि हौवा खडा गरेको कांग्रेस सांसद खतिवडाको आरोप (भिडिओ) – Nepal Press

गृहमन्त्री लामिछानेले सस्तो लोकप्रियताका लागि हौवा खडा गरेको कांग्रेस सांसद खतिवडाको आरोप (भिडिओ)

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सस्तो लोकप्रियताका लागि मिडियामा हौवा फिँजाउन वक्तव्यवाजी गरेको भन्दै कांग्रेस सांसद रामहरी खतिवडाले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकको शुरुमै सांसद खतिवडाले गृह मन्त्रालयबाट शुक्रवार राति जारी भएको वक्तव्य अपराध संहिताविपरीत भएको भन्दै यसलाई गृहमन्त्रीको फण्डाको संज्ञा दिए ।

गृहमन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै एमाले सांसद लक्ष्मी प्रसाद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको जनाएको थियो ।

खतिवडाले गृहमन्त्रीले मिडियामा हौवा सिर्जना गरेर सस्तो लोकप्रियता आर्जन गर्न खोजेको आरोप लगाए ।

उनले गृहमन्त्रीतर्फ संकेत गर्दै नागरिकता र पासपोर्टको समेत छानबिन भइरहेकाले सभामुखबाट रुलिङ माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर