प्रधानमन्त्री कप महिला क्रिकेट: प्रदेश १ र सुदुरपश्चिम उपाधिका लागि भिड्दै – Nepal Press

प्रधानमन्त्री कप महिला क्रिकेट: प्रदेश १ र सुदुरपश्चिम उपाधिका लागि भिड्दै

विराटनगर । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन् ।

इटहरीमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा एपीएफलाई ८ विकेटले पराजित गर्दै प्रदेश १ फाइनलमा पुगेको हो ।
सुदुरपश्चिमले भने मधेस प्रदेशलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनलमा एपीएफ क्लबमाथि ८ विकेटको सहज जित निकाल्दै प्रदेश१ ले सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।

शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि १ सय १४ रनको फराकिलो जीत निकाल्दै फाइनलमा स्थान बनाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८० रनको योगफल बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर