मन्त्रीकाे निर्देशनपछि पनि सांसद लक्ष्मी महताेलाई पक्राउ नगरेकाे भन्दै गृहकाे ताकेता – Nepal Press

मन्त्रीकाे निर्देशनपछि पनि सांसद लक्ष्मी महताेलाई पक्राउ नगरेकाे भन्दै गृहकाे ताकेता

काठमाडौं । गृह मन्त्रालयले महोत्तरी १ मा नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई ज्यान मुद्दा आरोपमा पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई ताकेता गरेको छ ।

मन्त्रालयले कार्यालयलाई पत्र पठाउँदै महतोलाई पक्राउ गर्न ताकेता गरेको हो ।

महोत्तरीको गौशाला नगरपालिका २ मा बस्ने कोइरीलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेबाट पटक पटक प्रहरीलाई निर्देशन भएपनि हालसम्म पक्राउ नगरिएको प्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महतोमाथि मधेस आन्दोलनका क्रममा हत्या गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर