कप्तान रुविनाले बार्मी आर्मीबाट पुनः फेयर ब्रेक खेल्ने – Nepal Press

कप्तान रुविनाले बार्मी आर्मीबाट पुनः फेयर ब्रेक खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टीमकी कप्तान रुविना क्षेत्रीले दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेस्नल टी-२० क्रिकेट प्रतियोगिता पुनः द बार्मी आर्मीबाट खेल्ने भएकी छन् । उनले गत वर्ष पनि द बार्मी आर्मीबाटै खेलेकी थिइन् ।

हङकङमा हुने उक्त प्रतियोगितामा रुविनाले गत सिजन दुई खेलमा मात्रै प्लेइङ सेटमा स्थान बनाएकी थिइन् ।

अप्रिल ३ देखि १६ सम्म हुने प्रतियोगितामा रुविनासँगै सीता राना मगरको पनि सहभागिता रहनेछ । सीताले पनि पुनः टोर्नाडोस वुमेन्सबाट खेल्नेछिन् । सीताको टीम पहिलो संस्करणमा फेयर ब्रेकको च्याम्पियन बनेको थियो ।

अघिल्लो सिजन दुई खेलमात्रै खेलेकी रुविनाले उल्लेखनीय प्रदर्शन गर्न सकिनन् । तर, सीताले प्रतियोगिताका ७ खेल खेल्दै ४ विकेट लिएकी थिइन् । उनले २२ रन पनि जोडेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर