रमेश लेखक भन्छन्- हाम्रो मुख्य प्रतिस्पर्धी एमाले हो,त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं – Nepal Press

रमेश लेखक भन्छन्- हाम्रो मुख्य प्रतिस्पर्धी एमाले हो,त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसको राजनीतिक प्रतिस्पर्धी नेकपा एमाले रहेको बताएका छन् ।

उपसभामुख चयनको विषयमा छलफल गर्न बोलाएको कांग्रेस पदाधिकारीकाे  बैठकपछि नेता लेखकले कांगे्रसको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका हुन् ।

उनले भने,‘संघमा् हामी सबैभन्दा ठूलो दल हो र प्रदेशसभामा पनि सबैभन्दा ठूलाे दल हाे । प्रतिस्पर्धा गर्नुपर्ने सबै ठाउँमा प्रतिस्पर्धा गछौं । तर राजनीतिक प्रतिस्पर्धा त एमालेसँग हो नि ।त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं ।’

नेता लेखकले सर्वदलीय बैठकमा राष्ट्रिय सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग छलफल नगरेको गुनासो गरे ।

उनले भने,‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख उपसभामुख गरी ४ वटा पदमा राष्ट्रिय सहमति गर्न सकिन्छ कि भनेर प्रस्ताव राख्नुभएको थियो । हामी सहमतिका लागि तयार छौं भनेर भनेका थियौं । तर त्यो छलफल हामीसँग सभामुखमा पनि भएन । आज उपसभामुखमा पनि भएको छैन । अब भविष्यमा हुन्छ कि हुँदैन हामी हेछौं । सहमति भनेपछि त कुराकानी गर्दा जे पनि होला । तर सबै एउटै दलको नाममा त नहोला नि । त्यसकारण उहाँहरुले प्रस्ताव राख्नुभयो हामी सकारात्मक रुपमा छलफल गर्न तयार रहेको कुरा जानकारी गराएको हो । त्यसपछि उहाँहरुले छलफल अगाडि बढाउनुभएको छैन ।’

उनले उपसभामुख पदमा  सत्ता बाहिरकाे दलसँग पनि छलफल गरिराखेकाे  बताए ।

‘उपसभामुख पदमा हामी अरु पार्टीसँग पनि छलफल गरिराखेको छौं । हामी १ बजेसम्म फाइनल गछौं ।’उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर