उपसभामुख उम्मेदवार इन्दिराको प्रस्तावक बनिन् सोविता – Nepal Press

उपसभामुख उम्मेदवार इन्दिराको प्रस्तावक बनिन् सोविता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखको उम्मेदवारमा इन्दिरा राना मगर अघि सारेको छ।

आज बसेको संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उनको प्रस्तावकमा सोविता गौतम रहेकी छन् ।

यसअघि उपसभामुखमा गौतमको नाम चर्चामा थियो । बैठकपछि सोविताले आकांक्षा राख्नु स्वाभाविक भएको भन्दै पार्टीले सर्वसम्मतरूपमा उपसभामुखको उम्मेदवार चयन गरेको बताइन् ।

उनले भनिन्, ‘संसदीय दलको उपनेता, प्रमुख सचेतक, समितिका सभापति, सदस्य सचिवका कुराहरु पनि छन् । म आफू कानूनको विद्यार्थी भएकाले भोलिका दिनमा ती विषयमा छलफल गरेर हामी टुंगोमा पुग्छौं । तपाईँहरूले मलाई कुनै न कुनै ठाउँमा देख्नुहुनेछ । नभए पनि सदनमा बुलन्द आवाज उठाउन तयार छु ।’

जनताले दिएको दिएको अधिकारलाई भरपुर सदुपयोग गर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर