इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने रास्वपाको निर्णय – Nepal Press

इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

भर्खरै सम्पन्न रास्वपा संसदीय दलको बैठकले मगरलाई अघि सार्ने निर्णय गरेको हो ।

झापाकी मगर समानुपातिक सांसद हुन् । यसअघि सोविता गौतमको चर्चा थियो ।

सातदलीय गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ ।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख/उपसभामुखमा एकजना महिला अनिवार्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर