उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक – Nepal Press

उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले उपसभामुखको कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार माघ ६ गते शुक्रबार दिउसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उपसभामुख निर्वाचित गरियोसु भनी प्रस्ताव दर्ता गराउने कार्यतालिका छ । संघीय संसद भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्र ल्होत्से हलमा दर्ता गराउनुपर्नेछ ।

शुक्रबार अपरान्ह सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । उनका अनुसार माघ ७ गते शनिबार दिनको १ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा उपसभामुखको निर्वाचन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर