‘सदमा’बाट तंग्रिदै कांग्रेसको व्यवहार- प्रचण्डको इन्तजार, ओलीविरुद्ध चौतर्फी प्रहार – Nepal Press

‘सदमा’बाट तंग्रिदै कांग्रेसको व्यवहार- प्रचण्डको इन्तजार, ओलीविरुद्ध चौतर्फी प्रहार

कांग्रेसको ‘ओपन सेक्रेट’ रणनीति- सत्ता गठबन्धन तोड्ने, एमालेलाई कतै पनि नछोड्ने

उर्दुमा एउटा शब्द छ ‘सदमा’ । नेपालीमा गहिरो चोट अर्थात अंग्रेजीमा ‘ट्रमा’ भनेर बुझिने यस शब्दले कुनै व्यक्ति अकल्पनीय चोटबाट केहीबेर होस गुमाउँछ । होसमा फर्किंदा उसले तत्काल केही खुट्याउन सक्दैन ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अनुसार पुस १० गते मध्यान्ह १२ बजेपछि जे जस्ता घटनाक्रम भए ती एक प्रकारले तत्कालीन सत्ता गठबन्धनका लागि ‘सदमा’ थिए । जुन सदमाबाट मुख्यतः नेपाली कांग्रेस अझै पनि पूर्ण रुपमा होसमा आइसकेको छैन ।

सन् ८० को दशकमा बलु महेन्द्रले निर्देशन गरेको हिन्दी चलचित्र ‘सदमा’ हेर्नेहरुले यसको खास अर्थ बुझ्छन् । सोही चलचित्र हेरेर हुर्किएका कांग्रेसका नेताहरु अहिले सोही फिल्मका पात्र जस्तै प्रस्तुत भइरहेका छन् सडकदेखि संसदसम्म, टीभी स्क्रिनदेखि अनलाइन अन्तर्वार्तासम्म ।

पुस १० गते मध्यान्हसम्म कांग्रेससँग सत्ता थियो र थप पाँच वर्षको लागि सत्ताका विभिन्न ओहोदाहरु बाँड्ने ठाउँमा थियो । एकाएक २ घण्टाका बीचमा सबै चिज खोसिएर ती सबै बाँड्ने हैसियतमा केपी ओली पुगेपछि कांग्रेसलाई गम्भीर आघात (सदमा) पुग्नु स्वाभाविक थियो ।

कांग्रेस त्यो गहिरो सदमाबाट अझै बाहिर निस्कन सकेको छैन । रामचन्द्र पौडेलको शब्द सापटी लिँदा अनहोनी’ भइसकेपछि बौरिएको कांग्रेस केपी ओलीको हाइज्याकमा परेका प्रचण्डलाई फिर्ता ल्याउन जारी तिर्नसमेत तयार भएको देखिन्छ ।

कांग्रेस त्यो गहिरो सदमाबाट अझै बाहिर निस्कन सकेको छैन । रामचन्द्र पौडेलको शब्द सापटी लिँदा ‘अनहोनी’ भइसकेपछि बौरिएको कांग्रेस केपी ओलीको हाइज्याकमा परेका प्रचण्डलाई फिर्ता ल्याउन जारी तिर्नसमेत तयार भएको देखिन्छ ।

अचेल अधिकांश ठाउँमा लोप भइसकेको जारी प्रथालाई कांग्रेसको पछिल्लो दिग्मभ्रमित र अत्तालिएको व्यवहारले पुनः स्मरण गराएको देखिन्छ । उहिले कसैकी श्रीमती राजीखुशीले अर्को पुरुषसँग बिहे गरेपछि पुरानो पतिलाई जारले तिर्ने ‘रकम कोलम’लाई जारी भनिन्थ्यो ।

आजको दिनमा कांग्रेसले केपी ओलीप्रति गरेको व्यवहार ठ्याक्कै उतिवेलाको जारकै जस्तो देखिन्छ । डेढ वर्षदेखि गहिरो प्रेम गठबन्धनमा रहेका प्रचण्ड अचानक ओलीतिर लागेपछि कांग्रेसले ओलीलाई जार सम्झेर जारी तिराउनभन्दा पनि ओलीलाई नै जारी तिरेर भए पनि प्रचण्ड फिर्ता ल्याउन खोजिरहेको छ ।

कांग्रेसले पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पहिलो किस्ता जारी तिर्‍यो । तर पनि कांग्रेस अझै सदमामा देखिन्छ । उसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि केपी ओलीलाई छाडेर आफूतिरै पुनर्मिलन हुने आशा राखेको थियो ।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर एकातिर पुनर्मिलनको अपेक्षा गरेको थियो भने अर्कोतिर केपी ओलीसँग धेरै दबाबमा पर्नुपर्दैन, जगेडा फोर्सका रुपमा हामी छौं भन्ने सन्देश पनि दिएको थियो । कांग्रेसले दिएको विश्वासको मतले सबैभन्दा ‘कम्फरटेबल’ प्रचण्डले नै महसुस गरेका छन् । उनीसँग दुवैतिर विकल्प छन् ।

आजको दिनमा कांग्रेसले केपी ओलीप्रति गरेको व्यवहार ठ्याक्कै उतिवेलाको जारकै जस्तो देखिन्छ । डेढ वर्षदेखि गहिरो प्रेम गठबन्धनमा रहेका प्रचण्ड अचानक ओलीतिर लागेपछि कांग्रेसले ओलीलाई जार सम्झेर जारी तिराउनभन्दा पनि ओलीलाई नै जारी तिरेर भए पनि प्रचण्ड फिर्ता ल्याउन खोजिरहेको छ ।

गठबन्धन छाडेर बालकोटको बार्दलीमा पुग्नु प्रचण्डको रहर होइन बाध्यता थियो । भावनात्मक रुपमा र हिजोका मुद्दाहरुका आधारमा पनि उनले अ‍ोलीसँग भन्दा देउवासँगै सहज महसुस गर्छन् । तर, जसरी नयाँ गठबन्धनबाट उनी प्रधानमन्त्री बने, त्यसलाई भत्काएर अर्कोतिर लहसिन नैतिक रुपमा पनि सम्भव छैन ।

यद्यपि कांग्रेस अझै ‘सदमा’बाट पूर्ण रुपमा मुक्त भइसकेको छैन । त्यसैले त माघ ३ गते प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काहरु आफ्नो ‘हक जताउने’ शैलीमा प्रचण्डको पक्ष भएर बालुवाटारमा बोले । जबकि त्यही बैठकमा केपी ओलीसँग भनाभन नै भयो कांग्रेस नेताहरुको ।

कांग्रेसले सभामुख र राष्ट्रपति चुनावमा प्रचण्डबाट ‘न्याय’ पाउने अपेक्षा बाँकी नै राखेको हो । सभामुख चुनावका सन्दर्भमा उम्मेदवार खडा गर्नुअघि पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई पर्खिने निर्णय नै गर्‍यो । तर, प्रधानमन्त्री एमालेसँगको सहमतिबाट पछि हट्न नसक्ने देखेपछि मात्र उसले अन्तिममा उम्मेदवारीको निर्णय गरेको थियो ।

सभामुख निर्वाचनकै बिहान पनि रामचन्द्र पौडेल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । पौडेल कांग्रेस वृत्तमा पनि सबैभन्दा ठूलो ‘सदमा’मा छन् । उनी आफ्नो भागमा आइसकेको राष्ट्रपति पद प्रचण्डलाई गठबन्धनमै जोगाएर राख्न नसकेका कारण गुमेको हो भन्नेमा छन् ।

‘डुबतेका तिनेकाका सहारा’ भने जस्तै सभामुख निर्वाचन सकिएपछि पनि कांग्रेस र विशेषगरी रामचन्द्र पौडेल राष्ट्रपति चुनावसम्म पुग्दा प्रचण्डले निधारबाट होइन मुटुबाटै माया गर्नेछन् भन्नेमा आशावादी देखिन्छ । यस्तो लाग्छ राष्ट्रपति चुनाव सकिएपछि मात्र कांग्रेस सदमाबाट बाहिर आउनेछ ।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर एकातिर पुनर्मिलनको अपेक्षा गरेको थियो भने अर्कोतिर केपी ओलीसँग धेरै दबाबमा पर्नुपर्दैन, जगेडा फोर्सका रुपमा हामी छौं भन्ने सन्देश पनि दिएको थियो । कांग्रेसले दिएको विश्वासको मतले सबैभन्दा ‘कम्फरटेबल’ प्रचण्डले नै महसुस गरेका छन् । उनीसँग दुवैतिर विकल्प छन् ।

कांग्रेस नेताहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वेला र सभामुख निर्वाचनका बवला रोष्टमबाट बोलेका हरेक शब्द प्रचण्डलाई फकाउने र केपी ओलीलाई भड्काउने खालका देखिन्छन् । यस्तो लाग्छ, प्रधानमन्त्रीको कुर्सीमा केपी ओली छन् र प्रमुख विपक्षीले प्रधानमन्त्रीलाई प्रश्नको घेरामा राखेको छ ।

प्रचण्ड सम्भवतः यस्तो भाग्यमानी प्रधानमन्त्री बनेका छन्, जसले संसदमा प्रमुख विपक्षीको आलोचना खेप्नु परेको छैन । उनी लगभग प्रतिपक्षीविहीन प्रधानमन्त्री बनेका छन् । विपक्षी भनिएको दलले प्रधानमन्त्रीको आलोचना होइन प्रशंसा गर्छ । बरु सत्तापक्षकै सीके राउतहरुले आलोचना गर्छन् ।

आज कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत कानूनी, राजनीतिक र नैतिक रुपमा गुमाएको छ । वैधानिक रुपमा आजको प्रमुख विपक्षी नेपाल मजदुर किसान पार्टी हो र विपक्षी नेता प्रेम सुवालले यो विषय संसदमा रेकर्ड गराएका छन् । कांग्रेस एकपछि अर्को माछा गुमे पनि राष्ट्रपति चुनावसम्म ढोक्सा थापेर बस्छ भन्ने कुरा नेताहरुले ओपन सेक्रेट रुपमै बताएका छन् । कांग्रेसले राष्ट्रपति आफूले पाउने सन्दर्भमा आन्तरिक र बाह्य शक्तिहरुको दबाबसमेत प्रचण्डमाथि बढाइरहेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले किटेरै भनेका छन्- कांग्रेसले प्रस्ताव गरेका व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् । यति विश्वासका साथ शर्माले बोल्नुको पछाडि अवश्य पनि कांग्रेसको अन्तिम आशामात्र होइन कतै न कतैबाट प्राप्त भरोसा पनि हुनसक्छ । राष्ट्रपति चुनावसम्म यो संशय कायमै रहनेछ ।

कांग्रेसले अहिले प्रचण्डलाई केपी ओलीबाट फर्काएर ल्याउन विशेषगरी शक्तिकेन्द्रका साथै माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई ‘टास्क’ नै दिएको देखिन्छ ।

कांग्रेस अझै ‘सदमा’बाट पूर्ण रुपमा मुक्त भइसकेको छैन । त्यसैले त माघ ३ गते प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काहरु आफ्नो ‘हक जताउने’ शैलीमा प्रचण्डको पक्ष भएर बालुवाटारमा बोले । जबकि त्यही बैठकमा केपी ओलीसँग भनाभन नै भयो कांग्रेस नेताहरुको ।

राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई दिँदा प्रचण्डको हातमा केही नरहने र केपी ओलीले फेरि कब्जाको नीति लिने भन्दै प्रचण्डलाई राष्ट्रपति एमालेलाई दिने गल्ती नगर्न तीब्र दबाब दिइरहेका छन् । राष्ट्रपतिमा अर्को खिलराज रेग्मी जस्ता पात्र खोजी भइरहेको चर्चा पनि चलेको छ ।

नेकपा एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने वेलामै सभामुख र राष्ट्रपति लिने सहमति भइसकेको कुरालाई प्राथमिकता साथ उठाएको छ । प्रचण्डलाई बारम्बार स्मरणमात्र गराएको छैन, संशय मेट्न नै हुनुपर्छ प्रचण्ड यसबीचमा दुईपटक बालकोट पुगिसकेका छन् । प्रचण्ड वचनमा बाँधिएका छन् । तर, दबाबमा पनि उत्तिकै जेलिएका छन् ।

कांग्रेस नेताहरुले खुलेर भनेका छन्-  सत्ता गठबन्धन फुटाउने प्रयास सभामुखमा असफल भए पनि राष्ट्रपतिसम्म सफल हुन्छ । राष्ट्रपति र सभामुख दुवै पद एमालेले पायो भने देश दुर्घटनामा पर्नेछ र प्रचण्डसँग पछुताउनेबाहेक केही रहने छैन ।

प्रचण्ड भौतिक रुपमा एमालेसँग रहे पनि आत्मिक रुपमा हिजैको गठबन्धनका नेताहरुसँग छन् । कहीं न कहीं प्रचण्डले त्यो महसुस गरेरै पुरानो थातथलोमा फर्किनेछन् भन्ने आशा कांग्रेसलाई छ । त्यसैले उसका सबै प्रहारको निशानामा ओली छन् । कांग्रेस नेताहरुलाई सुन्दा प्रचण्ड कांग्रेसकै समर्थनका प्रधानमन्त्री हुन् जस्तो भान हुन्छ ।

आज कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत कानूनी, राजनीतिक र नैतिक रुपमा गुमाएको छ । वैधानिक रुपमा आजको प्रमुख विपक्षी नेपाल मजदुर किसान पार्टी हो र विपक्षी नेता प्रेम सुवालले यो विषय संसदमा रेकर्ड गराएका छन् । कांग्रेस एकपछि अर्को माछा गुमे पनि राष्ट्रपति चुनावसम्म ढोक्सा थापेर बस्छ भन्ने कुरा नेताहरुले ओपन सेक्रेट रुपमै बताएका छन् ।

कांग्रेसले पनि देखिने गरी नै एमालेलाई ठोक्ने र प्रचण्डलाई बोक्ने नीति लिएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सभामुखमा उम्मेदवार खडा गर्नुले कांग्रेस के चाहन्छ भन्ने प्रस्ट छ । त्यस्तै प्रदेशतर्फ पनि एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र माओवादी भएका ठाउँमा विश्वासको मत दिने नीतिले त्यही संकेत गर्छ ।

प्रदेशका सभामुख र उपसभामुखमा समेत कांग्रेसले एमाले भएका ठाउँमा उम्मेदवारी दिने र माओवादी भएका ठाउँमा सकेसम्म नदिने नीति भनेको कांग्रेसले खुलेआम जारी तिरेर प्रचण्ड फिर्ता ल्याउन खोजेको हो । राष्ट्रपति आफ्नो ढोक्सामा पार्न कांग्रेसले अब सबै शक्ति लगाउनेछ । त्यसपछिमात्र कांग्रेस लयमा फर्किएला ।

प्रचण्डसँगको अधिक भरोसा र आफैं सदमाबाट पूरै बाहिर नआइसकेको कारण कांग्रेसले राष्ट्रपतिको चुनावसम्म चमत्कार हुने अपेक्षा गरेको छ । प्रधानमन्त्री प्रचण्ड स्वयंले राष्ट्रपति चुनावमा पनि सहमतिको प्रयास हुने बताउनुले कांग्रेसलाई हौस्याएको छ । भाउजू दिल्ली जाँदा उत्साहित हुनुपर्ने अवस्थामा रहेका सकल कांग्रेसजनलाई प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको कुरा गर्दा सञ्जीवनी बुटी पाएजस्तै हुनु अस्वाभाविक होइन ।

तर, सत्ता साझेदार सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष ओलीले एमालेले राष्ट्रपति पदमा उठाउने उम्मेदवारका नाममा राष्ट्रिय सहमति हुने प्रतिक्रिया दिएर समग्रमा प्रचण्डलाई विश्वासको मत दिएवापत कांग्रेसले बढीमा सार्वजनिक लेखा समितिको सभापति पाउने संकेत गरेका छन् । यद्यपि निकट विगतमा प्रमुख विपक्षी एमालेलाई कांग्रेसले लेखा समितिको सभापति नदिएको बदला लिन ओलीले चाहे भने त्यही पद पनि कांग्रेसको ढोक्सामा नपर्न सक्छ । यति चाहिँ हो कि प्रचण्ड जस्ता ‘गतिशील पात्र’ले कुनै पनि वेला असाधारण निर्णय गर्ने भएकाले कांग्रेसको आशाको झोली भने खुला नै रहनेछ ।

प्रतिक्रिया

2 thoughts on “‘सदमा’बाट तंग्रिदै कांग्रेसको व्यवहार- प्रचण्डको इन्तजार, ओलीविरुद्ध चौतर्फी प्रहार

  1. यो देश बर्वाद गराउने एकमात्र पार्टी काँग्रेस हो । काँग्रेस नसकिएसम्म देशमा विकास हुँदैन ।

  2. श्रीमति लठ्ठी लिएर खेदेपछि श्रीमान खाटमुनी पसेछन्, श्रमति अलि मोटी हुनाले छिर्न सकिनन् खाटमुनि र भनिन- ओई, बाहिर निस्क!
    श्रीमानले भने- मेरो घर हो जहाँ मन लाग्छ त्यहाँ बस्छु!
    हजूर प्रचन्डजी घरड्श्रीवाई बसेका मान हुन्, जहाँमन लाग्यो त्यही बस्छन्, तर खाटको छेऊमा लठ्ठीलिएर ओलीबा उभिएका छन्। आखिर घर श्रीमतिलेनै चलाउने हो। कि कसो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर