ओलीको टिप्पणी : एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउँछ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ – Nepal Press

ओलीको टिप्पणी : एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउँछ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने घोषणा गरेका छन् । एमालेले उठाएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुनुपर्ने उनको टिप्पणी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समझदारीमा राष्ट्रपति चयनको कोशिष आफूले जारी राख्ने बताएलगत्तै ओलीले सो टिप्पणी गरेका हुन् ।

सभामुखको निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हो, राष्टिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । त्यसमा राष्टिय सहमति हुनुपर्छ ।’

कांग्रेसले आफ्नो पार्टीबाट प्रस्तावित राष्ट्रपति बन्ने भनि गरेको दावीका विषयमा पत्रकारले प्रश्न गर्दा ओलीले हाँसेर टारेका थिए । एमालेबाट राष्ट्रपतिका उम्मेदवार को बन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यो पछि भनौंला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर