रास्वपाले भोलि उपसभामुख उम्मेदवार टुंग्याउने
नेपाल प्रेस
२०७९ माघ ५ गते १५:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपसभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ ।
सातदलीय गठबन्धनमा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको छ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शनिबार तोकिसकिएको छ ।
भोलि बिहान ९ बजे संसदीय दलको बैठक बसेर उपसभामुख उम्मेदवार तय गरिने दलका नेता एवं गृहमन्त्री रवि लामिछानेले बताए ।
रास्वपाबाट उपसभामुखमा सोविता गौतमको चर्चा छ ।
प्रतिनिधिसभा सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया