श्रममन्त्रीबारे रवि लामिछानेले भने- म्यानपावरमा संलग्नताको प्रमाण देखाउनुस्, कारबाही गर्छु – Nepal Press

श्रममन्त्रीबारे रवि लामिछानेले भने- म्यानपावरमा संलग्नताको प्रमाण देखाउनुस्, कारबाही गर्छु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीबाट बनाइएका श्रममन्त्री डोलप्रसाद अर्यालमाथि उठेको प्रश्नबारे मुख खोलेका छन् । उनले आज सभामुखको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमाध्यममा आएका कुराहरु पुष्टि गर्न चुनौती दिए ।

मन्त्री अर्याल म्यानपावर कम्पनीेमा संलग्न भएकाले स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी श्रम मन्त्री नियुक्त गरेको आरोप लागेको छ । यस विषयमा लामिछानेले त्यस्तो खालको कुनै कागजपत्र भए देखाउन आग्रह गरे ।

‘उहाँ कुन म्यानपावरमा हुनुहुँदो रहेछ, उहाँ संलग्न भएको कागजपत्र भए भनिदिएको भए मलाई थाहा हुन्थ्यो । उहाँले आफ्नो स्पष्टीकरण दिइसक्नुभएको छ । प्रमाण देखाउन चुनौती दिनुभएको छ । मैले त्यस्तो केही देखेको छैन,’ लामिछानेले भने ।

उनले म्यानपावरमा संलग्न रहेको पाइएमा पहिलो कारवाही आफूले गर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर