सभामुख चयनको लागि निर्वाचन प्रक्रिया सुरू – Nepal Press

सभामुख चयनको लागि निर्वाचन प्रक्रिया सुरू

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको लागि निर्वाचन प्रक्रिया सुरू भएको छ ।

सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले प्रतिस्पर्धामा छन् ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् ।

न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन् ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ । एमालेका घिमिरेका लागि सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर