जनताको सन्देशअनुसार निषेधको राजनीति छाडौं, चुनौतीको मिलेर सामना गरौं : सुवास नेम्वाङ (भिडिओ) – Nepal Press

जनताको सन्देशअनुसार निषेधको राजनीति छाडौं, चुनौतीको मिलेर सामना गरौं : सुवास नेम्वाङ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङले जनताले निर्वाचनमार्फत् निषेधको राजनीति अन्त्य गर्ने सन्देश दिएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘जनताले सबैलाई मिलेर काम गर्नको लागि सन्देश दिएका छन् । त्यही प्रक्रियाअनुसार हामी प्रतिनिधिसभाको नेता चयन गर्दैछौं ।’

प्रतिनिधिसभामा जवाफदेहिता र पारदर्शीतालाई ख्यान गर्नुपर्ने बताए । उनले अहिलेको चुनौतीलाई अवसरमा प्रयोग गर्न आग्रह गरे ।

सभामुखले सबै सांसदलाई एकजुट बनाएर संसदलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर