प्रतिनिधिसभामा सभामुख चयनको प्रक्रिया जारी (लाइभ)
काठमाडौं । प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदैछ । सभामुख चयनको कार्यसूची रहेको बिहीबारको बैठक भर्खर सुरू भएको छ ।
सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्।
न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन् ।
घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन् ।
२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ । एमालेका घिमिरेका लागि सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत छ ।