पार्टीको मूल नीति र दिशाबारे दस्तावेज बनाउन झलनाथको नेतृत्वमा समिति गठन – Nepal Press

पार्टीको मूल नीति र दिशाबारे दस्तावेज बनाउन झलनाथको नेतृत्वमा समिति गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको नीति र सिद्धान्त निर्माणको लागि समिति गठन गरेको छ।

आज बसेको पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिव, इन्चार्ज र जनसंगठनका अध्यक्ष र महासचिवहरुको बैठकले सम्मानित नेता झलनाथ खनालेको नेतृत्वमा १३ सदस्यीय समिती गठन गरेको हो।

समितिमा केशवलाल श्रेष्ठ, बेदुराम भुसाल, जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाक्री, साबित्रा भुसाल र गणेश बिक रहेको प्रवक्ता जनन्नाथ खतिवडाले बताए।

यसमितिले पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक सामाजिक, सांस्कृतिक मुल नीति तथा कार्यक्रम र पार्टी निर्माणको मुल दिशाको बारेमा दस्तावेज मस्यौदा तयार पार्ने बताए।

उनले समितिले तयार पारेको मस्यौदा आवश्यक विधिद्वारा पारित गरि कार्यान्वयन गरिने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर