उद्योग परिसंघले उद्योगमन्त्रीलाई भेटेर भने- अर्थतन्त्र पुनर्जीवित गर्ने नीति लिनुस् – Nepal Press

उद्योग परिसंघले उद्योगमन्त्रीलाई भेटेर भने- अर्थतन्त्र पुनर्जीवित गर्ने नीति लिनुस्

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेट गरी विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको वेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति अबलम्बन गर्न आग्रह गरे ।

उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध समेत गरे ।

आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान भनेको छ ।

सिएनआइले मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको रिबुटीङ नेपाली इकोनोमी अवधारणा पनि मन्त्रीसमक्ष पेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *