लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ – Nepal Press

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले शपथ ग्रहण गरेका छन् ।

बुधबार एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले सभामुख घर्तीलाई शपथ ग्रहण गराएका हुन् । त्यस्तै सभामुख घर्तीले उपसभामुख केसीलाई शपथ ग्रहण गराएका छन् ।

माघ ३ गते भएको निर्वाचनमा उनीहरू निर्विरोध भएका थिए । शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरु, सांसदहरू र प्रमुख सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरु सहभागी थिए ।

लुम्बिनी प्रदेशमा सत्तारूढ दलको सहमतिअनुसार नेकपा एमालेले मुख्यमन्त्री, माओवादीले सभामुख र राप्रपाले उपसभामुख भाग पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर