सुदूरपश्चिम : उपसभामुखको आज शपथ – Nepal Press

सुदूरपश्चिम : उपसभामुखको आज शपथ

कैलाली । सुदूरपश्चिम प्रदेशको उपसभामुख कोइली देवी चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छन् । हिजो निर्वाचित चौधरीले आज बिहान ११ गते शपथ ग्रहण गर्न लागेकी हुन् ।

आज बिहान ११ बजे सभामुख भीम भण्डारीले देवराज जोशीको उपस्थितमा उपसभामुख चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भएको प्रदेश सभा सचिवालयले पनि जानकारी दिएको छ ।

शपथ ग्रहण प्रदेश प्रमुख कार्यालयमा हुने छ ।

सुदूरपश्चिम प्रदेशमा हिजो नै सभामुखमा पनि माओवादीका भण्डारी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर