प्रधानमन्त्रीलाई अमरेसले भने- संविधान नमान्नेलाई उपप्रधानमन्त्री दिनुभयो, तलमाथि पर्‍यो भने तपाईं जिम्मेवार – Nepal Press

प्रधानमन्त्रीलाई अमरेसले भने- संविधान नमान्नेलाई उपप्रधानमन्त्री दिनुभयो, तलमाथि पर्‍यो भने तपाईं जिम्मेवार

काठमाडौं । स्वतन्त्र सांसद अमरेसकुमार सिहंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई उपप्रधानमन्त्री दिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा वर्तमान संविधान नमान्ने लिङ्देनलाई उपप्रधान तथा उर्जा मन्त्री दिएकोप्रति असन्तुष्टि पोखेका हुन् ।

बैठकमा प्रधानमन्त्रीलाई सिंहले भने, ‘वर्तमान संविधान नमानेलाई (राजेन्द्र) उपप्रधानमन्त्री दिनुभयो। संविधान तलमाथि प¥योभने त्यसको जिम्मेवारी लिनुपर्छ ।’

उनले बैठक बाहिर आएर प्रधानमन्त्रीले तपाईंले मेरो बारेमा बैठकमा त्यस्तो कुरा नगर्दिनुभए हुन्थ्यो भनेर भनेको समेत बताए ।

 

प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीलाई अमरेसले भने- संविधान नमान्नेलाई उपप्रधानमन्त्री दिनुभयो, तलमाथि पर्‍यो भने तपाईं जिम्मेवार

  1. यिनलाई किन चिन्ता परेछ ? संविधान च्यात्नेहरूले पटक पटक मन्त्री खाँदा त यिनको मुख बन्द थियो त ? दक्षिणको आदेशपालक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर