मधेस सभामुखमा कांग्रेसका उम्मेदवार रायलाई सघाउने नेकपा एसको निर्णय – Nepal Press

मधेस सभामुखमा कांग्रेसका उम्मेदवार रायलाई सघाउने नेकपा एसको निर्णय

जनकपुरधाम । मधेस प्रदेशको सभामुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जंगीलाल रायको पक्षमा नेकपा एकीकृत समाजवादी पार्टी उभिएको छ ।

मधेस प्रदेशसभा बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद बेची लुङ्गेलीले सभामुखमा रायलाई समर्थन गर्ने पार्टीले निर्णय गरेको जानकारी दिइन् । उनले रायलाई सर्वसम्मत सभामुख चयन गर्नुपर्नेमा पनि जोड दिइन् ।

उनले भनिन्, ‘माननीय जंगीलाल राय संघर्षशील व्यक्ति हुनुहुन्छ । उहाँबारे जति चर्चा गरेपनि कमै हुन्छ । त्यसैले सभामुखमा उहाँलाई समर्थन गर्दछु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर