सर्वसाधारणका लागि कालिन्चोक दर्शनको आईपीओ खुल्याे, कतिसम्म दिने आवेदन ? – Nepal Press

सर्वसाधारणका लागि कालिन्चोक दर्शनको आईपीओ खुल्याे, कतिसम्म दिने आवेदन ?

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि आइैपीओ बिक्री खुला गरेको छ । मंगलबारदेखि सर्वसाधारणका लागि आर्इपीओ १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

योमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी ८ लाख ९६ हजार ४ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । केयर रेटिङ नेपालले कालिन्चोक दर्शनलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । आवेदन माघ ६ गतेसम्म दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भने माघ १७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *