सुदूरपश्चिममा तेस्रो पटकमा माओवादीका भण्डारी सभामुखमा निर्वाचित – Nepal Press

सुदूरपश्चिममा तेस्रो पटकमा माओवादीका भण्डारी सभामुखमा निर्वाचित

कैलाली । माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भएका छन् । आज भएको मतदानमा २९ मत सहित उनी निर्वाचित भएका हुन् ।

सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।

आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए । भण्डारीको पक्षमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले मत दिएका थिए । यस अघि लगातार २ पटक सम्म बहुमत नपाएर सभामुख निर्वाचित हुन नसकेको सुदूरपश्चिममा तेस्रो पटकमा भण्डारी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर