धनगढीमा नागरिक उन्मुक्तिका सात सांसदसँग अध्यक्ष रञ्जिताको छलफल : सभामुखमा भण्डारीलाई मत दिन निर्देशन – Nepal Press

धनगढीमा नागरिक उन्मुक्तिका सात सांसदसँग अध्यक्ष रञ्जिताको छलफल : सभामुखमा भण्डारीलाई मत दिन निर्देशन

कैलाली । नागरिक उन्मुक्तिबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका सात सांसद र केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठकोबीचको छलफल सकिएको छ ।

छलफलमा नागरिक उन्मुक्ति पार्टी भित्रका अन्तरिक विषय र सभामुख निर्वाचनमा पार्टीको आधिकारिक लाइनका विषयमा छलफल भएको एक सांसदले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा ३० गते नागरिक उन्मुक्ति पार्टीले पक्ष र विपक्ष कतै पनि मत नदिएपछि सभामुखमा माओवादी र कांग्रेसका दुवैका उम्मेदवारले बहुमत पाउन सकेका थिएनन् ।

यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । आज आफ्ना ७ सांसदलाई नागरिक उन्मुक्तिकी केन्द्रीय अध्यक्ष श्रेष्ठले सत्ता गठबन्धनमै मत दिनसमेत निर्देशन दिएकी थिइन् ।

यस विषयमा भोलि पार्टीले आधिकारिक निर्णय गर्ने छ । पहिलो दिन सत्ता गठबन्धनकै एक मत बदर हुँदा सभामुख चयन भएको थिएन भने ३० गते नागरिक उन्मुक्ति मौन बस्दा कसैको बहुमत पुग्न सकेन । भोलि बिहान १० बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

केन्द्रीय अध्यक्षको निर्देशन मानेर सत्ता गठबन्धनलाई मत दिए माओवादीका भण्डारी भोली निर्वाचित हुने छन् । तर, अहिले सम्म पनि नागरिक उन्मुक्ति पार्टी भित्र सभामुखलाई मत दिने विषयमा मतान्तर वाकिनै रहेको छ ।

केही सांसद सत्ता गठबन्धनलाई मत दिने मनसायमा छन् भने केही माग सम्बोधन नभएसम्म मौन बस्नु पर्ने बताइरहेका छन् । यस विषयमा आधिकारिक धारणा भोलि बिहान गरिने संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर