सत्तारूढ दलबाट लुम्बिनीमा सभामुख र उपसभामुखको लागि मनोनयन दर्ता, कांग्रेसले के गर्ने टुंगो छैन – Nepal Press

सत्तारूढ दलबाट लुम्बिनीमा सभामुख र उपसभामुखको लागि मनोनयन दर्ता, कांग्रेसले के गर्ने टुंगो छैन

रूपन्देही । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको सत्तारुढ दलबाट मनोनयन दर्ता भएको छ । प्रदेश सभा सचिवको कार्यकक्षमा सभामुखको मनोनयन दर्ता भएको हो ।

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण केसीको मनोनयन दर्ता भएको हो ।सभामुखको प्रस्तावकमा एमालेका प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र मा राप्रपा संसदीय दलका नेता आशिष कुमार चौधरी समर्थक रहेका छन् ।

उपसभामुख प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टिका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् । मनोनयन दर्ताको समय बेलुका ५ बजेसम्म छ ।

नेपाली कांग्रेसले भने सभामुख र उपसभामुखको लागि अझै मनोनयन दर्ता गरेको छैन । मंगलबार सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए । कांग्रेसले उपसभामुख पाए उम्मेदवारी नदिने बताएको भएपनि सत्तारूढ दलबाट कुनै संकेत पाएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर