सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित, सभामुखको निर्वाचन भोलि सारियो – Nepal Press

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित, सभामुखको निर्वाचन भोलि सारियो

कैलाली । सभामुखको निर्वाचनका लागि बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोक बिदा दिएको हुँदा प्रदेश सभा बैठक स्थगित गरिएको हो ।

आज बस्ने भनिएको प्रदेश सभा बैठक भोलि बिहान १० बजे सम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । भोलि १० बजे बस्ने प्रदेश सभा बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने छ ।

यहाँ कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् ।

यस अघि दुई पटक सम्म भएको निर्वाचनमा सकैले पनि बहुमत ल्याउन नसकेपछि आजका लागि बैठक तोकिएको थियो ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर