सुदूरपश्चिममा सभामुख र उपसभामुख निर्वाचनको कार्यसूचीका लागि सर्वदलीय बैठक जारी – Nepal Press

सुदूरपश्चिममा सभामुख र उपसभामुख निर्वाचनको कार्यसूचीका लागि सर्वदलीय बैठक जारी

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्ने पर्ने संवैधानिक बाध्यता रहेको छ । यस अघि दुई पटक सम्म बहुमत पुराउन नसकेर सभामुख निर्वाचन हुन नसकेको सुदूरपश्चिम प्रदेशमा आज पुन सभामुख निर्वाचन सकेर उपसभामुखको पनि निर्वाचन गर्नु पर्ने बाध्यता आइलागेको हो।

यहाँ कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

पहिलो दिन २८ गते भएको निर्वाचनमा माओवादीका भण्डारीलाई सभामुख बन्न १ मत अपुग भएको थियो । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।सुरुको दिन एक मत बदर हुँदा भण्डारीले २७ मत मात्रै पाए ।

३० गते भएको अर्को निर्वाचनमा नागरिक उन्मुक्तिका ७ सांसदले कतै पनि मत नदिएपछि भण्डारी र रावल दुवैको बहुमत पुग्न सकेन। सरकार आफ्ना माग सम्बोधनमा गम्भीर नभएको भन्दै नगरी उन्मुक्ति पार्टीले पक्ष र विपक्ष कतै मत नदिएपछि दुवैको बहुमत पुग्न सकेको थिएन ।

आज बिहान ९ बजेको सभामुख चयन गर्न पुन बैठक बोलाइएको थियो । तर, अहिले सम्म सर्वदलीय बैठक जारी छ ।

संविधानमा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन सभामुख र उपसभामुख निर्वाचन गरिसक्नु पर्ने उल्लेख छ । सभामुखले उपसभामुखको निर्वाचनको मिति र समय तोक्ने प्रदेश सभा नियमावलीमा छ ।

यी दुबै व्यवस्थाले आज अन्तिम दिन हो ।आज कसरी सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्ने भन्ने बारे सर्वदलीय बैठकमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर