नेपालले अर्को महिना घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्ने – Nepal Press

नेपालले अर्को महिना घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं । नपाली राष्ट्रिय क्रिकेट टिमले अर्को महिना घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग एकदिवसीय शृङखला खेल्ने भएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले घरलु मैदानमा नामिबिया र स्कटल्यान्डसँगगरि चार खेल खेल्नेछ ।

फागुन दुईदेखि नौ गतेसम्म आयोजना हुने शृङखलाको पहिलो खेलमा नेपालले नमिबियासँग खेल्नेछ । दोस्रो खेल पाँच गते स्कटल्यान्डसँग, तेस्रो खेल ६ गते नामिबियासँग र अन्तिम खेल ९ गते स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ ।

लिग २ मा नेपालले ३६ मध्य २४ खेल खेलेको छ । जहाँ ८ जित १४ हार र एक बारबरीको नतिजा निकाल्दै १८ अंक जोडेर छैठौं स्थानमा छ ।

शीर्ष ५ मा परेर एकदिवसीय मान्यता बचाउँन बाँकी १२ खेलमा कम्तिामा पनि आठ खेल जित्नुपर्ने दवाव नेपाललाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर