नेपाल बैंकको ६३औं वार्षिक साधारणसभाबाट १२ प्रतिशत लाभांश पारित – Nepal Press

नेपाल बैंकको ६३औं वार्षिक साधारणसभाबाट १२ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाबाट बैंकको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूची पारित गरिएको छ ।

सभामा हालको चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँको दुई प्रतिशतका दरले हुन आउने २८ करोड ८१ लाख १८ हजार ९६.६३ रुपैयाँ रकम बराबरको बोनस शेयर र चुक्ता पूँजीको दश प्रतिशतका दरले हुन आउने १ अर्ब ४४ करोड ५ लाख ९० हजार ४८३.१३ रुपैयाँ रकम बराबरको नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

त्यसैगरी साधारणसभाले बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२७.९० कायम गर्ने र सोहीबमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *