बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी – Nepal Press

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

बालुवाटारमा जारी बैठकमा विमान दुर्घटनापछि प्रभावकारी उद्धार तथा दुर्घटनाको प्राविधिक कारण खोजीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

क्याबिनेट बस्नुअघि प्रधानमन्त्री दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पुगेका थिए ।

विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे विमानस्थल र एटीसीका अधिकारीसँग जानकारी लिएका छन् ।

काठमाडौंबाट बिहान उडेको जहाज बिहान ११ बजेर १० मिनेट जाँदा पोखराको दुवै विमानस्थलको बीचमा बस्तीनजिकै सेती नदो खोँचमा दुर्घटना भएको थियो । अहिलेसम्म ४१ जनाको शव भेटिएको उद्धारमा संलग्न सुरक्षाका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर