चलचित्र ‘तिम्रो मेरो साथ’ले पायो दर्शकहरूको साथ (तस्बिरहरू) – Nepal Press

चलचित्र ‘तिम्रो मेरो साथ’ले पायो दर्शकहरूको साथ (तस्बिरहरू)

काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘तिम्रो मेरो साथ’ले दर्शकको राम्रो साथ पाएको छ ।

पहिलो दिनको तुलनामा उल्लेख्य दर्शकहरू तिम्रो मेरो साथ हेर्न हलसम्म पुगेका थिए ।

शनिवार अधिकांश हलहरू हाउस फुल छन् । केही हलहरूमा कलाकारहरू समेत दर्शकहरूमाझ पुगेका थिए ।

चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् ।

चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा र संवाद रहेको छ ।

शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।

तस्बिरहरु : सुरज धामी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *