प्रचण्डले भने- राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससँग पनि छलफल हुन्छ – Nepal Press

प्रचण्डले भने- राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससँग पनि छलफल हुन्छ

‘सरकारलाई पूर्णता दिन समस्या छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको बताएका छन्।

शनिवार सम्पादकहरूसँगको छलफलमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान सरकारलाई पूर्णता दिने विषयमा कुरा भएको बताए।

उनले भने, ‘ओलीजीसँग पनि सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ। हामीबीच केही समस्या छैन। केही दिनमै सरकारलाई पूर्णता दिन्छौँ।’

उनले सभामुखको निर्वाचनअघि माघ ३ गतेका लागि सर्वदलीय बैठक बोलाएको समेत बताए। सत्ता साझेदार दलहरूमा राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति नभएको समेत जिकिर गरे।

उनले राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससहित सबै दलको सहमति जुटाउने प्रयासमा रहेको समेत बताए। उनले आफूलाई कांग्रेसले विश्वासको मत दिएपछि छलफल गर्ने आफ्नो जिम्मेवारी भएको बताए।

प्रतिक्रिया

One thought on “प्रचण्डले भने- राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससँग पनि छलफल हुन्छ

  1. काँग्रेसले विश्वासको मत दिएपछि सभामुख र राष्ट्रपतिको चुनावका सम्वन्धमा मात्र किन अब विस्तार हुने मन्त्रिपरिषदमा पनि भाग दिनुपर्यो नि त ।होईन भने काँग्रेससँग छलफलसम्म गरेर निर्णय अहिलेको गठबन्धनले गर्ने हो भने त ठिकै छ । अन्यथा काँग्रेसलाई राष्ट्रपति वा सभामुख दिने हिसावले निर्णय भएको हो भने एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिनुपर्छ । एमाले प्रचण्डको सरकारमा बस्नुभन्दा प्रतिपक्षमा बस्दै ठिक हुन्छ । तर प्रचण्डले कृ ख्याल गर्नु भने एमालेसँगको गठबन्धन भएमा उनले केही गर्न सक्छन् ।काँग्रेससँग भएमा बदनाम हुन्झन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर