पार्टी कार्यकर्ताहरुलाई माधव नेपालले भने- तत्काल सरकारमा जाने सम्भावना छैन – Nepal Press

पार्टी कार्यकर्ताहरुलाई माधव नेपालले भने- तत्काल सरकारमा जाने सम्भावना छैन

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन् ।

पार्टीको रौतहट-काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताए ।

उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा राखे । परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको उनको भनाइ छ ।

उनले संसद् विघटन गरिन्छ की भन्ने आशंका जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको जिकिर गरे । उनले सत्ता र पावरले मान्छेलाई घमन्डी बनाउने भएकाले विनम्रतापूर्वक लाग्न प्रधानमन्त्रीलाई सुझाव दिए । अध्यक्ष नेपालले घनश्याम भुसाल पार्टीमा आएपछि उत्साहित बनेको र अरूलाई पनि आउने वातावरण तयार भएको बताए ।

उनले समानुपातिकमा सन्तोषजनक मत नआए पनि प्रत्यक्षतर्फ राम्रो परिणाम आएकाले निर्वाचनको परिणामका कारण हरेस खानुपर्ने अवस्था नरहेको पनि बताए । अध्यक्ष नेपालले पार्टीलाई सशक्त रूपमा अघि बढाउनका लागि जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर