मधेसमा कांग्रेसले सभामुखका लागि दर्ता गरायो रायको उम्मेदवारी – Nepal Press

मधेसमा कांग्रेसले सभामुखका लागि दर्ता गरायो रायको उम्मेदवारी

जनकपुरधाम । मधेश प्रदेसमा सभामुखका लागि नेपाली कांग्रेसका सांसद जंगीलाल रायको पनि उम्मेदवारी परेको छ ।

कांग्रेसका सांसदहरू प्रदेशसभा सचिवालय पुगेर सभामुखका लागि सांसद रायको उम्मेदवारी दर्ता गराएका छन् । उनी सर्लाही २ (१) बाट निर्वाचित सांसद हुन् ।

रायलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको बुझिएको छ । यो प्रदेशमा कांग्रेसको २३ सांसद र नेकपा एसको ७ सांसद छन् ।

यता, सत्ता साझेदार दलहरू र लोसपाको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल उम्मेदवारी दिएका हुन् । सभामुखका लागि मण्डल र रायबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर