सभामुखमा कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी
नेपाल प्रेस
२०७९ पुष ३० गते १२:१९
सुर्खेत । कर्णाली प्रदेशमा सभामुख पदका लागि उम्मेदवारी दर्ता भएको छ ।
नेपाली कांग्रेसबाट खड्ग पोखरेलले ११ बजे उम्मेदवारी दर्ता गरेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् ।
उनी कांग्रेसका सुर्खेत जिल्ला सभापति हुन् । पोखरेल सुर्खेत १ (क) बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया