विप्लवसहितका शीर्ष नेताहरुलाई कपिलवस्तु पुगेर भेटे कृष्णबहादुर महराले – Nepal Press

विप्लवसहितका शीर्ष नेताहरुलाई कपिलवस्तु पुगेर भेटे कृष्णबहादुर महराले

रुपन्देही । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेताहरु भएको स्थानमा पुगेर भेटघाट गरेका छन् । नेकपा केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तु पुगेर नेता महराले विप्लव, प्रकाण्डसहितका शीर्ष नेताहरुसँग भेट गरेका हुन् ।

नेकपा माओवादी केन्द्रमा एकताको बहस चलिरहेको बेला नेता महराको यो भेटलाई विशेष अर्थमा लिइएको छ । विप्लव नेतृत्वका एक नेताले माओवादी वरिष्ठ उपाध्यक्ष महरा शीर्ष नेतालाई पार्टी कार्यालयमै आएर भेटघाट गरेको बताए ।

एकता लगायतका अन्य विषयमा भेटघाट होइन, उहाँ धेरैजसो विप्लवसँग भेटिरहने, कुराकानी गरिरहने नेता हो, अहिले पनि त्यही शिलशिलामै होला सायद’, उनले भने । विप्लब नेतृत्वको नेकपाको शनिबारदेखि पोलिटब्युरो बैठक शिवगढीमै भएको र शुक्रबार केन्द्रीय प्रतिनिधि छनौटका लागि सबै नेताहरु जुटेको समयमा महरा पुगेपछि सबैसँग भेट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर