जेलबाट छुटेका सन्दीपलाई समर्थकहरूले ‘हाइहाइ’ गरिरहँदा टीममेटहरू किन मौन ? – Nepal Press

जेलबाट छुटेका सन्दीपलाई समर्थकहरूले ‘हाइहाइ’ गरिरहँदा टीममेटहरू किन मौन ?

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा गत असोज २० गते पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार २० लाख धरौटीमा रिहा भएका छन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाईपछि सन्दीपलाई थुनमा पठाउनले अदालतको अदेश बदर गर्दै उनलाई धरौटी तारेखमा आज रिहा गरिएको छ ।

तत्काललाई उनी धरौटीमा रिहा भएपनि उनको मुद्दाको अन्तिम टुंगो भने लागिसकेको छैन । सन्दीपको मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले माघ ९ गतेका लागि पेशी तोकेको छ ।

उनी तत्काललाई रिहा भएपनि पूर्णरुपमा मुक्त भइसकेका छैनन् । सबैको चासोको कुरा सन्दीप क्रिकेटमा फर्किन्छन् की फर्किँदैनन् । उनी रिहा भएपछि कुनै एक समर्थकले गरेको प्रश्न सन्दीप कहिले क्रिकेटमा फर्किने ? यसको प्रतिउत्तरमा उनले भनेका थिए चाँडै ।

तर, उने भने जत्तिको चाँडो र सजिलो मुद्दाको छिनोफानो नभई हुने सम्भावना एकदमै न्यून छ । उनलाई विदेश जान रोक लगाइएको छ । नेपालमै पनि काठमाडौंबाट बाहिर जान उनले अनुमति लिनुपर्ने हुन्छ । जेलबाट निष्किय पनि यस्तो बन्देज जीवन बिताइराख्दा उनलाई सक्रिय खेल जीवनमा फर्किन पक्कै सहज भने छैन ।

अवस्था जे जस्तो भएपनि अहिले सन्दीप रिहा हुँदा आम क्रिकेट समर्थकको मुहारमा हाँसो छाएको छ । उनले सफाइ पाउनुपर्छ भनेर सबै समर्थक सामाजिक सञ्जाल र व्यक्तिगत जीवनमा खुलेर लागेका छन् । आज सन्दीप रिहा हुँदैगर्दा कारागार अगाडि उनका समर्थक अबिर माला लिएर सन्दीपको पक्षमा हुटिङ लगाउन उपस्थित भएका थिए । जहाँतहीँ सन्दीपको न्यायको माग गरेका समर्थकलाई उनको रिहाइले क्रिकेटमा आशाको सञ्चार छाएको छ ।

तर, उनी थुनमा रहुञ्जेल उनलाई न्याय मागेका क्रिकेटरहरु उनी रिहा हुँदा चुप छन् । गतहप्ता मात्रै नेपाली राष्ट्रिय क्रिकेट टीमका अरिफ शेख, आसिफ शेख शरद भेषवाकर लगायतका खेलाडीहरुले सन्दीपको पक्षमा न्याय माग्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

थुपै्र राष्ट्रिय क्रिकेटरहरुले पनि सन्दीपलाई समर्थन गरेका थिए । आज उनी रिहा हुँदै गर्दा उनकै टीममेट मौन छन् । के राष्ट्रिय टीमका क्रिकेटरहरु सन्दीप रिहा भएकोमा साँच्चै खुशी छैनन् त ?

कोही खुशी छन् या छैनन् त्यो कुरा हामीले बाहिरी आंकलन गरेर हुँदैन । तर, सबै कुराको विरोध गर्न समाजिक सञ्जालकै मद्दत लिने खेलाडीहरु उनको न्याय माग्न पनि सामाजिक सञ्जालमै देखा परे तर, उनी रिहा भएको खुशी उनीहरुको सामाजिक सञ्जालमा अलिकति पनि देखिएको छैन । त्यसैले पनि सबै समर्थकको मनमा यही कुरा खेलिरहेको छ । आखिर किन मौन छन् उनका टीममेट ?

टीममेटको कुरा जे भएपनि नेपाल क्रिकेट संघ (क्यान)ले भने उनको अवस्थालाई बुझेर राष्ट्रिय टीममा फर्काउने, निलम्बन फुकुवा गर्ने या नगर्ने त्यो निर्णय छलफल गरेर लिने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *