प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत – Nepal Press

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । ९३ सांसद रहेको प्रदेशसभामा कार्कीले ५९ मत पाएका हुन् ।

उनको विपक्षमा ३२ मत खसेको छ । कांग्रेसका एकजना सांसद उपस्थित थिएनन् ।

गठबन्धनमा आबद्ध ४ दलका ६० सांसदको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर