ओलीमाथि दर्जनौं आरोप लगाउँदै नेकपा एसमा प्रवेश गरे घनश्याम भुसाल (भिडिओ) – Nepal Press

ओलीमाथि दर्जनौं आरोप लगाउँदै नेकपा एसमा प्रवेश गरे घनश्याम भुसाल (भिडिओ)

काठमाडौं । नेकपा एमाले छाडेको तीन महिनापछि केपी शर्मा ओलीको तीव्र आलोचना गर्दै घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसालले ओलीमाथि निर्मम आरोप लगाए । भुसालले नेकपा एक असाध्यै राम्रो ठाउँमा रहेको र ओलीवादविरुद्ध विद्रोह गरेको हुनाले आफूले नेकपाको खास उत्तराधिकारीका रुपमा ग्रहण गरेको बताए ।

ओलीबारे टिप्पणी गर्दै भुसालले भने- ओलीवाद, ओली विचार र ओली संगठनसँगको विचाराधारात्मक संघर्षपछि मैले नेकपा एसमा आफ्नो सदस्यता नवीकरण गरेको हुँ । त्यहाँ एमालेमा संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । विचार के हो भन्दा सर्वत्र म । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो ।

भुसालले केपी ओलीका कारण मुलुकले दुःख पाएको भन्दै अब नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने बताए । उनले ओलीले राजनीतिलाई षडयन्त्र र झुट फरेबी हो भन्ने ठाउँमा पुर्याएको आरोप लगाए ।

भुसालले ओलीमाथि संविधानविरोधी, लोकतन्त्र विरोधी, सिद्धान्त र विचार विरोधी, तर्क र विज्ञानको विरोधी, असहिष्णुजस्ता आरोपहरु लगाउँदै एमालेमा अब सौराहा काण्डवादीहरुमात्र रहेको बताए ।

 

प्रतिक्रिया

5 thoughts on “ओलीमाथि दर्जनौं आरोप लगाउँदै नेकपा एसमा प्रवेश गरे घनश्याम भुसाल (भिडिओ)

  1. यी गफाडिका राजा हुन् । यिनले ५४ मा पार्टी फुटाए । सरकारमा गएर मल ल्याउन नसकेर पार्टीको बेईज्जत गरे । नेकपा हुँदा पार्टी फुटाउन हिडे र चुनावताका पार्टी नै छोडे । यस्ता चरम अवसरवादी के कम्युनिष्ट ? एक अवसरवादी, पदलोलुप अर्को अवसरवादीहरूको झुण्डमा गए त के भयो ? यी अवसरवादी पदलोलुपहरू पदकै झगडाले सकिन्छन् । एस नामको पदलोलुपको पार्टी देउवा सरकारमा छ महिनापछि मन्त्री फेर्दा झण्डै फुटेको ।

  2. ओलिसँग एमाले पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्ने पुरूषार्थ महामहिम जनतामा हारेका, सिद्धान्तकार, पदै नभई बस्न नस्कने, जसले एमालेसंधै हाईसञ्चो गर्यो, गर्नेछ, जयहोस्, जरा नहोसे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर