खगराजलाई मुख्यमन्त्रीमा समर्थन गरेका दीपक मनाङेले विश्वासको मत नदिने – Nepal Press

खगराजलाई मुख्यमन्त्रीमा समर्थन गरेका दीपक मनाङेले विश्वासको मत नदिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार गठन गर्दा समर्थन गरेको सांसद राजीव गुरुङ (दीपक मनाङे) ले विश्वासको मत नदिने भएका छन् ।

उनले सरकार गठनको बेलामा मुख्यमन्त्री अधिकारीलाई समर्थन गरेपनि विश्वासको मत नदिएर रचनात्मक प्रतिपक्षमा बन्ने बताए ।

‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिने विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु’ उनले फेसबुकमा लेखेका छन् ।

उनले एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको लेखेका छन् ।

मनाङे मंसिर १९ गते माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

One thought on “खगराजलाई मुख्यमन्त्रीमा समर्थन गरेका दीपक मनाङेले विश्वासको मत नदिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर