स्वतन्त्र सांसद कलवार एमालेमा प्रवेश, मधेसमा एमालेको सांसद २४ पुग्यो – Nepal Press

स्वतन्त्र सांसद कलवार एमालेमा प्रवेश, मधेसमा एमालेको सांसद २४ पुग्यो

जनकपुरधाम । मधेस प्रदेशका स्वतन्त्र सांसद सारदा शंकर कलवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालकोटमै खादा र टिका लगाएर सांसद कलवारलाई एमालेमा भित्र्याएका हुन् ।

कलवार बारा क्षेत्र नम्व २ (१)बाट निर्वाचित भ एका छन् । ०७४ मा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

कलवार प्रवेश गरेसँगै मधेस प्रदेशमा एमालेको सांसद संख्या २४ पुगेको छ । यो प्रदेशमा एमाले सबभन्दा ठूलो दल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर