परिसंघले भन्यो- निक्षेपको ब्याजदर घटाउने निर्णय सकारात्मक – Nepal Press

परिसंघले भन्यो- निक्षेपको ब्याजदर घटाउने निर्णय सकारात्मक

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल बैंकर्स एशोसिएशनले ब्याजदर घटाउने निर्णय सकारात्मक भएको बताएको छ ।

अर्थतन्त्रमा लगानीयोग्य पूँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने सहमति सराकात्म भएको परिसंघले जनाएको हो ।

‘मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेका छन् । यसले अर्थतन्त्रलाई नै संकुचित बनाइरहेको छ । नेपाल उद्योग परिसंघले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्नेमा जोड दिदै आएको छ । यो निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने हाम्रो विश्वास छ’, परिसंघको विज्ञप्तिमा उल्ले छ ।

उद्योग परिसंघले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेको बताएका थिए । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरी अगाडि बढाउने र समग्र मागमा वृद्धि आउँने हुँदा अर्थतन्त्र चलायमान हुन जाने परिसंघले बताएको छ ।

नेपाल राष्ट्र बैंकले गत साता मात्रै चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै गरेको संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको थियो ।

साथै, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा २ प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंकसमक्ष परिसंघ आग्रह समेत गर्दछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *